
काठमाडौँ । सरकारले २२ जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न मन्त्रालय, आयोग तथा निकायमा कार्यरत सचिवहरूको सरुवा गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थ सचिवमा राजश्व सचिव डा. राम प्रसाद घिमिरेलाई ल्याइएको छ भने त्यहाँका सचिव मधु कुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ । त्यसैगरी राजश्व सचिव घिमिरेको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(वाणिज्य) दिनेश घिमिरेको सरुवा भएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव घनश्याम उपाध्याय अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा हुनु भएको छ भने उपाध्यायको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव भरत सुवेदीको सरुवा भएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दंगाल रक्षा मन्त्रालयमा र रक्षा मन्त्रालयका सचिव किरण राज शर्मा वित्त आयोगमा सरुवा हुनुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद दुवाडी राष्ट्रपतिको कार्यालयमा सरुवा हनुभएको छ भने राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा लोक सेवा आयोगमा आउनुभएको छ । आयोगका राजकुमार श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा हुनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देलको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ । यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सदाबहार सचिव केशव शर्मा बिडारी पुनः सोही मन्त्रालय फर्किनुभएको छ । उहाँ केही समय अघि मात्रै जल तथा ऊर्जा आयोगको सचिवालयमा पुग्नुभएको थियो ।
राष्ट्रिय सतर्कता केन्द्रका सचिव राम आधार साहलाई नेपाल ट्रष्टमा पुर्याईको छ भने नेपाल ट्रष्टका सचिव प्रमीला देवी बज्राचार्य खानेपानी मन्त्रालयमा ल्याइएको छ । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्य जल तथा ऊर्जा आयोग, राष्ट्रिय सतर्कता केन्द्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय(फाजिल)का सचिव सर्जु कुमार वैद्यलाई पठाइएको छ ।
यसैगरी वित्त आयोगका सचिव मधुसूदन बुर्लाकोटी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय(वाणिज्य), भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्याङ्क कार्यालय र तथ्याङ्कका प्रमुख तथ्याङ्क अधिकारी अर्जुनप्रसाद पोखरेल भूमिमा आउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी सार्वजनिक खरिद अनुगमन कार्यालय र उहाँको स्थानमा उपराष्ट्रपति कार्यालयकी सचिव राधिका अर्यालको सरुवा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै