+

रास्वपालाई सिद्ध्याउन कांग्रेस–एमाले लागिपरे : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आफ्नो पार्टी कांग्रेस–एमालेको टार्गेट बनेको आरोप लगाउनु भएको छ । 

नयाँलाई सिद्ध्याएपछि मात्र आफ्नो पार्टी जोगिन्छ भनेर कांग्रेस–एमाले मिलेको उहाँले दाबि गर्नुभयो । सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा लामिछानेले सरकारमा रहेका ठूला दल रास्वपालाई सिद्ध्याउन लागिपरेको धारणा राख्नुभयो । 

‘संसद्‌मा पछिल्लो सरकार बनेपछिको अभिव्यक्तिबाट स्पष्ट हुन्छ, कि सकारमा रहेका दुई ठूला दलको टार्गेट नयाँ राष्ट्रिय स्वतन्त्र पार्टी छ । प्रधानमन्त्री, हिजो कांग्रेस महामन्त्री (विश्वप्रकाश शर्मा) र  आज विषयान्तर गर्नुभएको एमालेका पुराना नेता (रघुजी पन्त)को अभिव्यक्तिले के देखाउँछ भने नयाँलाई ठीक पार्नुपर्छ, यिनलाई एउटा एउटा आरोप लगाइ दिएपछि मात्र हाम्रो जोगिन्छ भनेर मिलेको कुरा प्रष्ट भएको छ,’ सभापति लामिछानेले भन्नुभयो । ​ ‘यहाँ के के डक्ट्रिनको कुरा उठ्यो, होली वाइन डक्ट्रिन के हो सोध्न मन छ । मध्यरातमा खुफिया एजेन्सीका मान्छेसँग भेटिने डक्ट्रिन जान्न मन छ । कुनै बिचौलियाको घरमा मध्यरातमा बसेर सरकार चलाउने दस्तावेजको बारे बोल्न मन छ,’ लामिछानेले भन्नुभयो । 

आइतबार प्रतिनिधिसभा बैठकमा कांग्रेस महामन्त्री शर्माले लामिछानेले स्टन्टम्यान बन्न खोजे पनि केही काम नगरेको बताउनुभएको थियो । सोमबार एमाले सांसद पन्तले रास्वपा उपसभापति स्वर्णिम वाग्लेले दिएको कच्चा राष्ट्रवादको आरोपप्रति आपत्ति जनाउनु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट