+

अस्वीकृत गर्ने निश्चित भएपछि कृष्णमान प्रधानले दिए नाम फिर्ताका लागि निवेदन

काठमाडौँ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस हनु भएका कृष्णमान प्रधानले नाम फिर्ताका लागि निवेदन दिनुभएको छ । संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने करिब करिब निश्चित भएपछि प्रधानले आफ्नो नाम फिर्ताका लागि संसदीय सुनुवाइ समितिको सचिवालयमा निवेदन दिनुभएको बुझिएको छ ।

‘सम्बन्धित व्यक्तिले नाम फिर्ता लिन निवेदन दर्ता गराउनुभएको छ’ सचिवालयका सहसचिव निर्मलादेवी लामिछाने बस्तीले जानकारी दिनुभयो । प्रधानमाथि एक महिलालाई यौन शोषण गरेको उजुरी संसदीय समितिमा परेको थियो । प्रधानको समितिमा सुनुवाइ सकिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट