+

होटल व्यवसायी सङ्घ कञ्चनपुरअध्यक्षमा रेग्मी

कञ्चनपुर । कञ्चनपुर होटल व्यवसायी सङ्घको अध्यक्षमा रामचन्द्र रेग्मी चयन हुनुभएको छ ।  सङ्घको शनिबार सम्पन्न २७औँ वार्षिक साधारणसभा तथा १६औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा रेग्मी सर्वसम्मत चयन हुनुभएको हो ।

अध्यक्ष चयन भएपछि रेग्मीले होटल व्यवसायीको हकहितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले होटल व्यवसायलाई आगामी दिनमा मर्यादित पेसाका रुपमा अगाडि बढाउन उत्सुक रहेको बताउनुभयो । 

अधिवेशनबाट सङ्घको प्रशासन उपाध्यक्षमा आत्माराम खनाल, पर्यटन उपाध्यक्षमा कैलाश कार्की, महासचिवमा नवराज जोशी, सचिवमा डम्बरबहादुर खडका, कोषाध्यक्षमा शिव भण्डारी र सहकोषाध्यक्षमा नैनसिंह बोहरा चयन हुनुभएको छ ।

सदस्यहरुमा मुक्तिमाया श्रेष्ठ, कृष्ण राना, धनबहादुर रावत, गौरव भट्ट, सञ्जयकुमार भट्ट, रमेशबहादुर रावल, तपेन्द्रकुमार रोकाया चयन हुनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट