
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पीडितलाई केन्द्रमा राखेर मात्रै सङ्क्रमणकालीन न्याय टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता शर्माले भन्नुभयो, “हामी सधैैँभरी पीडितलाई केन्द्रमा राखेर हाम्रो सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनुपर्छ भन्ने पक्षमा छौँ ।” उहाँले जहिले पनि द्वन्द्व र सङ्क्रमणकालीन न्यायको विषयमा पीडितलाई केन्द्रमै राखेर जाने भन्ने अभ्यास गरिरहेको बताउँदै यस विषयमा सरकार सकारात्मक रहेको धारणा व्यक्त गर्नुभयो ।
सांस्कृतिक पूर्वाधारको संरक्षण गर्र्दै विकासका कामलाई अगाडि बढाउने सरकारको नीति रहेको प्रष्ट पार्दै मन्त्री शर्माले भन्नुभयो, “नीतिगत रूपमा हामीलाई विकास पनि चाहिन्छ, तर सांस्कृतिक पूर्वाधारको संरक्षण पनि गर्नुपर्छ, यो कुरा हाम्रो नीतिगत कुरा नै हो ।”
सरकारले एनसेलको सेयर खरिद बिक्रीको निर्णयको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति पनि गठन गरेको छ । सेयर खरिदबिक्रीको निर्णयको सम्बन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायत विषयमा अध्ययन तथा छानबिन गरी ३० दिन भित्रमा प्रतिवेदन पेश गर्नेगरी समिति गठन गरिएको छ ।
(रासस)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी
- गौर हत्याकाण्ड छानबिन गर्न आदेश
- रवि लामिछाने अस्वस्थ, रगत परीक्षणको लागि वीर अस्पताल पठाइयो
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न