
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भोलि लागि तय गरिएको केन्द्रीय कमिटी बैठक सरेको छ ।
भोलि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक साउन १६ गतेको लागि सारिएको हो । सोमबार गर्ने भनिएको बैठक तयारी अपुगको कारण बुधबारको लागि सारिएको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभएको छ ।
एकीकृत समाजवादीले रिक्त केन्द्रीय सदस्य थप्न र पदाधिकारी छनौटबारे छलफल गर्न बैठक बोलाएको हो । एकीकृत समाजवादीमा केन्द्रीय सदस्य ३ सय २९ जना हुने व्यवस्था गरिएको छ । असार दा्रेस्रो साता गरिएको १० औँ महाधिवेनले त्यस मध्ये ९३ जना केन्द्रीय सदस्य मात्रै तोकेको छ । बाँकी २ सय ६ जना केन्द्रीय सदस्य छान्न बाँकी छ ।
बैठकमा सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर मनोनयन गर्ने, कमिटीलाई पूर्णता दिएपछि पदाधिकारी चयन गर्ने लगायत विषयमा छलफल हुनेछ ।
समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्य हुने व्यवस्था छ । महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महसचिव मात्रै तोकेको छ । अन्य पदाधिकारी टुंग्याउन बाँकी छ । बैठकमा त्यसबारे समेत छलफल हुने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै