
कैलाली । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०र ८१ मा सात अर्ब ९१ करोड ८० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भन्सारलाई गत आवमा ११ अर्ब ५८ करोड २४ लाख रुपैयाँ राजस्व सङ्कलनको वार्षिक लक्ष्य दिइएको थियो । भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारीसाधान, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडा लगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न नसकिएको हो ।
आव २०८०र८१ मा भन्सार महशुल बापत ३ अर्ब एक करोड, मूल्य अभिवृद्धि कर बापत ३ अर्ब १७ करोड, अन्तः शुल्क बापत २० करोड ४४ लाख र अन्य शुल्क बापत १ अर्ब ५२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।
भन्सार कार्यालयले आव २०८०र८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयको तथ्याङ्क अनुसार आव २०७९र८० मा ८ अर्ब २९ करोड राजस्व सङ्कलन गरेको थियो । आव २०७८र७९ मा ९ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७र७८ मा ८ अर्ब ८४ करोड रुपैयाँ सङ्कलन भएको थियो ।
यसैगरी, आव २०७६र७७ मा कोभिड–१९ महामारीका कारण ४ अर्ब ९२ करोड मात्रै राजश्व सङ्कलन भएको थियो भने आव २०७५र७६ मा ५ अर्ब १९ करोड रुपैयाँ सङ्कलन गरेको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै