+

दुर्घटनास्थलमा प्रधानमन्त्री : मानवीय कमजोरी भयो कि प्राविधिक ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सौर्य एयरको जहाज दुर्घटनामा जीवन गुमाउनेहरुप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले दुर्घटनामा घाइते क्याप्टेन मनिषरत्न शाक्य स्वास्थ लाभको कामना समेत गर्नुभएको छ । 

बुधबार बिहान  ११ बजेर ११ मिनेटमा  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको 9N-AME जहाज धावनमार्ग छोडेर दुर्घटना भएको हो । दुर्घटनामा सौर्य एयरका प्राविधिकसहित १८ जना स्टाफले जीवन गुमाएका छन् । 

प्रधानमन्त्री ओलीले पुगेर घटनास्थल अवलोकन गर्दै दुर्घटना अकल्पनीय र  हृदयविदारक भएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्रीले दुर्घटनास्थल अवलोकनपछि   विमानस्थलमास्थित  नागरिक उड्ययन प्राधिकरणको उद्दार समन्वय केन्द्रमा  ब्रिफिङ लिनुभएको छ ।

प्रधानमन्त्रीले यसबारे गर्नुपर्ने थप कामबारे सरकारले आवश्यक निर्णय लिने बताउदै आगामी दिनमा यस्ता घटना नहोस् भन्नेतर्फ सजग हुन सम्बन्धित निकाय र पक्षलाई निर्देशन दिनुभएको छ । ‘घटना  कसरी भयो ?  मानवीय वा प्राविधिक कमजोरी भयो ?’ घटनास्थल अवलोकनप्रछि नेपाल नागरिक उड्डयन प्राधिकरण र विमानस्थलका प्रमुख तथा  प्राविधिकहरुसँगको छलफलमा उहाँले भन्नुभयो । छलफलमा प्रधानमन्त्रीले सम्बन्धित पक्षलाई घटनाबारे यथार्थ बुझ्न आग्रह गर्नुभयो  । ब्रिफिङमा गृहमन्त्री, पर्यटनमन्त्री, निमित्त मुख्यसचिसहित सहभागिता रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट