
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको जीवन गुमेको छ । जीवन गुमाउनेमा सबै एयरलाइन्सकै स्टाफ छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
दुर्घटनामा मितमान महर्जन, सागर आचार्य, दिलिप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेश मरासैन, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञप्रसाद पौड्याल, सन्तोष महतो, पुण्यरत्न शाही, को–पाइलट एस कटुवाल र विदेशी नागरिक अरेफ रेडाको जीवन गुमेको छ । दुर्घटनामा जीवन गुमाएकाहरुको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगंज लगिएको छ ।
क्याप्टेन मनिषरत्न शाक्यलाई भने दुर्घटनास्थलबाट उद्धार गरी सिनामंगलस्थित काठमाडौँ शिक्षण अस्पताल लगिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार बिहान ११ बजेर ११ मिनेटमा पोखराका लागि उडेको सौर्य एयरलाइन्सको 9N-AME जहाज धावनमार्ग छोडेर दुर्घटना भएको हो । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा उड्दा दुर्घटनामा परेको हो ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै