
काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको जीवन गुमेको छ । जीवन गुमाउनेमा सबै एयरलाइन्सकै स्टाफ छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्घटनामा १८ जनाको मृत्यु र एक जना घाइते भएको जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार बिहान करिब ११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको 9N-AME जहाज धावनमार्ग छोडेर दुर्घटना भएको हो । सौर्य एयरको जहाज मर्मतका लागि कर्मचारी र प्राविधिक लिएर पोखरा उड्दा दुर्घटनामा परेको हो । जहाजमा चालक दलसहित १९ जना सवार थिए । जहाजमा सवार मध्ये क्याप्टेन बाहेक सबैको मृत्यु भएको छ । जहाजका क्याप्टेन मनिषरत्न शाक्यलाई भने दुर्घटनास्थलबाट उद्दार अस्पताल लगिएको छ । ३७ वर्षीय क्याप्टेन शाक्यलाई सिनामंगलस्थित केएमसी अस्पताल लगिएको हो ।
प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले जारी गरेको विज्ञप्तिमा आगलागी नियन्त्रणमा लिई १८ शव संकलन गरिएको उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै