+

जहाज दुर्घटना बुझ्न प्रधानमन्त्री विमानस्थलमा

काठमाडौँँ । प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटना बुझ्न  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ । 

काठमाडौँ विमानस्थलबाट बुधबार करिब ११ बजे पोखराका लागि उडेको  सौर्य एयरलाइन्सको 9N-AME जहाज धावनमार्ग छोडेर दुर्घटना भएको हो । दुर्घटनामा कम्तीमा १८ जनाको मृत्युभएको छ । दुर्घटनामा जीवन गुमाउनेहरुको पहिचान भने हुन बाँकी छ । जहाजका क्याप्टेन मनिष शाक्यलाई भने दुर्घटनास्थलबाट उद्दार अस्पताल लगिएको छ । ३७ वर्षीय क्याप्टेन शाक्यलाई सिनामंगलस्थित केएमसी अस्पताल लगिएको हो ।  विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार जहाजमा चालक दलसहित १९ जना सवार थिए ।

घटना थाहा पाएपछि विमानस्थल जानुभएका  प्रधानमन्त्री ओलीले नागरिक उड्डयन प्राधिकरणका सम्बन्धित अधिकारीलाई समेत त्यही बोलाउनुभएको छ । दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक यसअघि नै विमानस्थल पुगिसक्नु भएको छ । 

दुर्घटना भए  लगत्तै  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सबै उडान बन्द भएका छन् ।  आन्तरिक उडानका जहाजलाई सम्बन्धित विमानस्थलमै रोकिएको छ । अन्य राष्ट्रबाट काठमाडौँ विमानस्थलतर्फ आएका जहाजलाई  डाइभर्ट गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट