
हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा नियुक्त हुनुभएको छ । कांग्रेस र एमालेका ६४ जना सांसदको समर्थनमा उहाँलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार मंगलबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
कांग्रेस–एमाले गठबन्धन बनेपछि अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि आह्वान भएको थियो ।
नवनियुक्त मुख्यमन्त्री लामाले बुधवार ११ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ लिने कार्यक्रम तय भएको कांग्रेस प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिनुभएको छ । उहाँका अनुसार मुख्यमन्त्री लामाले बुधबार नै कांग्रेसका ६ र एमालेका ६ मन्त्रीसहित १३ सदस्यीय मन्त्रीपरिषद्लाई एकै पटक पूर्णता दिने तयारी गर्नुभएको छ ।
नवनियुक्त मुख्यमन्त्री लामा बागमती प्रदेशको पाँचौ मुख्यमन्त्री बन्नुभएको छ । यसअघि प्रदेश सभाको पहिलो कार्यकालमा एमालेबाट डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्य तथा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नुभएको थियो । दोस्रो कार्यकालमा माओवादीका शालिकराम जम्कट्टेलले करिब १८ महिना मुख्यमन्त्री बन्नुभएको थियो ।
कांग्रेस र एमालेबीच २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति
यसैबीच बागमतीमा कांग्रेस र एमालेबीच आलोपालो २०–२० महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ । मंगलबार कांग्रेस र एमालेका नेताहरूबीच प्रदेशसभाको बाँकी अवधिमा दुई दलले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको कांग्रेस प्रमुख सचेतक लम्सालले बताउनुभयो । ‘पहिलो खेप हाम्रो दलबाट मुख्यमन्त्री बन्नु भएको छ, दोस्रो खेपमा एमालेबाट मुख्यमन्त्री बन्ने सहमति छ,’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै