
कालीकोट । कालीकोटको पलाँता गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीले महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१ र ८२ नीति तथा कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले अनिवार्य श्रमदान गर्ने नीति ल्याएको हो ।
शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पोखरी, सिँचाइ, चौतारो, पाटीपौवा, सरसफाइ र सार्वजनिक निर्माणको क्षेत्रमा सामाजिक सद्भाव र एकताका लागि अनिवार्य श्रमदानको नीति ल्याएको गाउँपालिकाले जनाएको छ । कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर प्रत्येक महिनाको पहिलो शुक्रबार अनिवार्य श्रमदान गर्ने नीतिमा उल्लेख छ ।
नेपाली समाजमा श्रमदान गर्ने परम्परा पुरानै रहेको र अहिले हराउँदै गएका कारण महिनाको एकदिन अनिवार्य श्रमदान गर्न गराउन कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर अनिवार्य श्रमदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताउनुभयो ।
‘गाउँघरमा खेती किसानीमा पर्म जाने परम्परा उस्तै छ । पर्मकै परिमार्जित रुप श्रमदान रहेकाले गाउँको सद्भाव कायम गर्न जनश्रमदान अनिवार्य बनाएका छौँ’ उहाँले भन्नुभयो– ‘गाउँघरमा बाटाघाटा, नाला, पुलपुलेसा बनाउन तथा कुलो खन्न श्रमदान गर्ने गरिन्छ । अहिले श्रमदान गर्ने प्रचलन हराउँदै गएको छ ।’
श्रमदानसँगै विकासमा केही टेवा पुग्ने भएकाले श्रमदान गर्नुपर्ने संस्कृतिको विकास गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो । श्रमदान गर्ने पराम्परा हराउँदै गएकाले त्यसको पुर्नतार्जगी गर्न श्रमदान अनिवार्य गर्ने नीति ल्याएको अध्यक्ष रोकायाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै