
झापा । पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०र ८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । त्यस अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ ।
आर्थिक वर्ष २०८० र ८१ मा काँकडभिट्टाबाट ६ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताउनुभयो । यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । त्यही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ ।
आर्थिक वर्ष २०८० र ०८१ मा यही नाका भएर ६ अर्ब ५२ करोड १७ लाख रुपैयाँ मूल्य बराबरको ४ हजार ५ सय १० मेट्रिक टन अलैची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार त्यस अवधिमा १ अर्ब २४ करोड ८ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको ९ हजार ५ सय ४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ ।
पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८० र ८१ मा काँकडभिट्टाबाट ५८ करोड ४ लाख ३ हजार रुपैयाँको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिनुभएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै