
भोजपुर । जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकाले किसानलाई लक्ष्यित गरेर ‘कृषि कोसेली घर’ निर्माण गर्ने भएको छ ।
किसानले उत्पादन गरेको कृषिउपज खरिदसँगै बजारीकरण गर्ने लक्ष्यले कोसेली घर निर्माण गर्न लागेको हो । गाउँपालिकाले किसानले उत्पादन गरेका वस्तुलाई खरिद गरेपश्चात भण्डारण तथा बिक्रीवितरण गर्ने लक्ष्यले कोसेली घर निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । किसानले उत्पादन गरेका कृषि उपजलाई गाउँपालिकाले खरिद गरेर बजारीकरणको जिम्मा समेत लिने उहाँल जानकारी दिनुभएको छ ।
गाउँपालिकासँगको सहकार्यमा प्रदेश सरकारको ३५ लाख रुपैयाँमा यहाँ कोसेली घर निर्माण हुने जनाइएको छ ।
‘किसानका कृषि उत्पादनको खरिदसँगै बजारीकरणको जिम्मा गाउँपालिकाले लिने लक्ष्यका साथ काम गरिरहेका छौँ अध्यक्ष कुलुङले भन्नुभयो– ‘किसानले फलाएका उत्पादनलाई कोसेली घरमा भण्डारण गरेर प्याकेजिङ, लेवलिङ ब्रान्डिङलगायत काम गरेर बजार पठाउँछौँ ।’
उत्पादनको राम्रो सम्भावना भएका क्षेत्रलाई समेटेर किसानलाई प्रोत्साहनको कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष कुलुङले बताउनुभयो । किसानलाई सहज रूपमा कृषिसम्बन्धी सहायता प्रदान गर्न छ वटै वडामा कृषि प्राविधिक राख्ने व्यवस्था मिलाएको अध्यक्ष कुलुङ बताउनुहुन्छ । साल्पासिलिछोले कृषि क्षेत्रको विकाससँगै उत्पादित वस्तुको बजारीकरणमा जोड दिइएको प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्ले बताउनुभयो । निर्माण गर्न लागिएको कोसेली घरमा किसानले उत्पादन गरेका कृषिउपज सङ्कलन गरिने उहाँले बताउनुभयो । कृषिउपजको बजारीकरणमा किसानले भोगिरहेको समस्यालाई ध्यानमा राखेर कोसेली घर निर्माण गर्न लागिएको प्रशासकीय अधिकृत काफ्ले बताउनुभयो ।
वडा नम्बर ५, ६, ४ को माथिल्लो भेगमा किवी र वडा नम्बर ३, १, २, ५, ४, ६ को तल्लो भेगमा सुन्तलाखेती विस्तारको काम भइरहेको प्रशासकीय अधिकृत काफ्ले बताउनुभयो । यी क्षेत्रमा उत्पादन भएका फलफूललाई लक्ष्यित गाउँपालिकामा नै जुस उद्योग सञ्चालनको योजना रहेको उहाँ बताउनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै