+

न्यूरोडमा फुटपाथ विस्तार मङ्सिर २ गतेसम्म स्थगित

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा शुरु गरेको फुटपाथ विस्तार गर्नेकार्य आगामी मङ्सिर २ गतेसम्मका लागि स्थगित स्थगित गर्ने सहमति भएको छ । 

काठमाडौँ महानगरपालि वडा नं २२ का अध्यक्ष चिनिकाजी महर्जनले सोमबार महानगरपालिकासँग बसेको बैठकमा नगर योजना आयोग (सीपीसी) का उपाध्यक्ष सुमन राजभण्डारीको संयोजकत्वमा वडा नं २२, २३ र २४ का वडाध्यक्षहरू सदस्य रहने गरी सहमति गरिएको हो । 

यस क्षेत्रको भूगोल, सामाजिक, आर्थिक अवस्थाको जानकारी राख्ने अगुवाको सहभागितामा अध्ययन प्रतिवेदन तयार गरिने अध्यक्ष चिनिकाजी महर्जनले बताउनुभयो ।  

फुटपाथ विस्तारको काम मङ्सिर २ गतेसम्म स्थगित भएको उहाँको भनाइ छ । उहाँले अध्ययन प्रतिवेदन बनाउने सहमतिले विकासको कार्य जनभावनाअनुरूप गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “यो सहमतिभन्दा पनि जनताको जीत हो । सामान्यतया, कुनै पनि विकासको काम कसरी गर्नुपर्छ भन्ने कुराको सिकाइ स्थापित भएको छ । जनताले मागेको, जनतालाई आवश्यकता नभएको कुनै पनि थोपर्ने खालको विकास जनताले अस्वीकार गरेको छ” उहाँले आगामी दिनमा सोही अध्ययन प्रतिवेदनअनुरूप अगाडि बढ्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट