+

कर्णाली सरकारबाट माओवादी बाहिरियो

सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाहिरिएको छ । 

संघमा सत्ता समीकरण फेरिएपछि माओवादी केन्द्र प्रदेश सरकारबाट बाहिरिएको हो ।  माओवादीबाट प्रदेश सरकारमा सहभागी ४ जना मन्त्रीले राजीनामा दिनुभएको छ । माओवादी मन्त्रीहरुले आज मुख्यमन्त्री यामलाल कँडेललाई  राजीनामा पत्र बुझाउनुभएको हो । 

राजीनामा दिने मन्त्रीहरु सामाजिक विकासमन्त्री वीरबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, उद्योग पर्यटन वन तथा वातारणमन्त्री दीर्घ रावत, जलस्रोत तथा ऊर्जा विकासमन्त्री रणसिंह परियार हुनुहुन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट