
झापा । पूर्वीनाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८० र ८१ मा कृषिजन्य उपभोग्य तथा औद्योगिक वस्तुको आयातभन्दा निर्यात बढी भएको छ ।
यसवर्ष उपभोग्य वस्तुको व्यापारमा पूर्वीनाका नाफामा गएको हो । प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रेश्वर यादवका अनुसार आर्थिक वर्ष २०८० र ८१ मा १४ अर्ब ३४ करोड ५१ लाख ९५ हजार रुपैयाँ को विभिन्न कृषिजन्य वस्तु आयात भएको छ ।
यही अवधिमा काँकडभिट्टा नाका भएर १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको वस्तु विदेश निर्यात भएको उहाँले जानकारी दिनुभएको छ । गत आवको आयातको तुलनामा आव २०८० र ८१ मा ४ अर्ब ६१ करोड २६ लाख ९० हजार रुपैयाँ मूल्य बराबरको कृषिजन्य वस्तु बढी निर्यात भएको हो ।
निर्यात भएका कृषिजन्य वस्तुमा तरकारी, फलफूल, बिरुवा, जडीबुटी, प्रशोधित सामग्री, औद्योगिक बाली, चिया, अम्रिसो, अलैँची, काठका हस्तकला सामग्री, मसला बाली, बिउविजन लगायत छन् । चिराइतो (जडीबुटी) बाहेक सम्पूर्ण वस्तु भारत निकासी हुने गरेको छ । चिराइतो भने भारत र बङ्गलादेश दुबै मुलुकमा निर्यात हुने गर्छ ।
आयात हुने कृषिजन्य वस्तुमा खाद्यान्न, दलहन, तेलहन, ताजा तरकारी, फलफूल, बोटबिरुवा, जडीबुटी, दाल, लसुन, आलु, ब्रानलगायत रहेको सूचना अधिकारी यादवले जानकारी दिनुभयो । काँकडभिट्टा नाका भएर आयात हुने खाद्य वस्तुमा मकै, फापर, कोदो रहेको छ ।
यस नाकाबाट त्यस अवधिमा जम्मा ९१ करोड ५६ लाख ८१ हजार रुपैयाँ मूल्य बराबरको खाद्य वस्तु आयात भएको छ । आयातित कृषिजन्य वस्तुमध्ये ताजा तरकारी र ताजा फलफूल धेरै छ । कार्यालयको तथ्याङ्क अनुसार ४ अर्ब, ८७ करोड ६५ लाख १५ हजार रुपैयाँको ताजा फलफूल, ४ अर्ब ५६ करोड २३ लाख ८० हजार रुपैयाको ताजा तरकारी एक वर्षमा आयात भएको छ ।
निर्यातको ठूलो अंश औद्योगिक बाली र मसाला बालीले ओगटेको छ । धेरै निर्यात हुने कृषिजन्य वस्तुको सूचीमा चिया, अम्रिसो, अदुवा र प्लाइउड भारत निर्यात हुने गरेको छ । भारतबाहेकका मुलुकमा निर्यात थोरै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै