
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मतका लागि राख्नु हुने प्रस्तावको पक्षमा नेपाली कांग्रेस संसदीय दलले मतदान गर्ने निर्णय गरेको छ ।
कांग्रेस संसदीय दलको आज बसेको बैठकले निर्णय गरेको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राख्नु हुनेछ ।
बैठकले संविधानको धारा ७६ (२) बमोजिम नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष ओलीको नेतृत्वमा बनेको सरकारका प्रधानमन्त्री लगायत मन्त्रिमण्डललाई बधाई ज्ञापन गर्ने निर्णय गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
बैठकले बङ्गलादेशमा चलिरहेको आन्दोलनबाट प्रभावित नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिकको सुरक्षा एवं इच्छुकलाई स्वेदश फिर्तीको सहज वातावरण निर्माण गरिदिन सरकारसँग माग गरेको उहाँले बताउनुभयो ।
कांग्रेसले विगत केही समयदेखि अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परी प्रभावित तथा विस्थापित हुने नागरिकका लागि उचित राहत तथा व्यवस्थापन, बेपत्ताको खोजी उद्धार, घाइतेको निःशुल्क उपचारको व्यवस्था शीघ्रातिशीघ्र गर्न सरकारसँग माग गरेको प्रमुख सचेतक घिमिरेले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै