
मनाङ । हिमाल पारिको जिल्ला मनाङ प्रवेश गर्ने मार्ग बेँसीशहर–चामे सडक कालोपत्रसहित स्तरोन्नति हुने भएको छ । वर्षेनी पहिरोको जोखिममा रहेको यो सडक चालु आर्थिक वर्षमै स्तरोन्नति गरिने तयारी गरिएको हो ।
सडक जोखिमपूर्ण हुँदा वर्षेनी स्थानीय तथा पर्यटकले सास्ती भोग्दै आएका छन् । सडक स्तरोन्नतिको प्रक्रिया अघि बढेको पूर्वमन्त्री तथा मनाङका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले जानकारी दिनुभएको छ । सरकार र अन्य सरोकारवाला निकायसँगको समन्वय तथा साझेदारीमा सडक कालोपत्रसहित स्तरोन्नति प्रक्रिया अघि बढेको सांसद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मनाङका स्थानीयवासी र पर्यटकलाई सहज बनाउनेगरी सडक कालोपत्र हुने भएको छ ।’
सडक कालोपत्र गर्न डुम्रे–बेँसीसहर–चामे सडक योजनासँग मनाङमा निर्माणाधीन जलविद्युत् आयोजनाले पनि सहकार्य गर्ने भएका छन् । सडक विस्तार तथा स्तरोन्नति गर्न दानाक्युमा रहेको मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजना सहमत भएको छ । जलविद्युत् आयोजना निर्माणका लागि सडक स्तरोन्नति आवश्यक भएकाले सरकारको काममा सहयोग गर्ने आयोजनाका उपमहाप्रबन्धक प्रतीकमानसिंह प्रधानले बताउनुभयो ।
उहाँका अनुसार भौगोलिक विकटतासँगै साँघुरो र पहिरोको जोखिम रहेको सडकको चौडाइ विस्तार गर्ने, कटिङ गर्ने, जोखिम भएका स्थानमा ढलान र अन्य स्थानमा कालोपत्र गरिनेछ ।
हिउँद वर्षा दुवै याममा साना तथा ठूला सवारीसाधन सहजै आवतजावत गर्नसक्ने गरी सडक विस्तार गर्नेगरी योजना निर्माण भइरहेको बेँसीशहर–चामे सडक योजनाका निमित्त प्रमुख किरण पोख्रेलले बताउनुभयो ।
सडक स्तरोन्नतिका क्रममा केही बस्ती प्रभावित हुने देखिन्छ । खासगरी लमजुङतर्फ स्याँगे, श्रीचौर, जगत च्याम्चे र मनाङतर्फ धारापानी गाउँका केही बस्ती सडक विस्तारका क्रममा प्रभावित हुने देखिएको हो । यस सडकमा हिउँदमा हिउँ र वर्षामा बाढीका कारण कैयौँ स्थानमा सडक अवरुद्ध हुँदा मनाङवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
दुई वर्षअघि बेँसीसहरदेखि खुदीसम्म करिब आठ किलोमिटर सडक कालोपत्र गरिएको छ । यस सडकखण्डअन्तर्गतका अधिकांश भाग जोखिमपूर्ण र विस्तार गर्नुपर्ने अवस्थाका छन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन