
काठमाडौँ । शुक्रबार विश्वभरका विमानस्थल, बैंक र सञ्चार माध्यमलाई प्रभावित गर्ने विश्वव्यापी सूचना प्रविधि अवरोधको कारण बनेको त्रुिटलाई सच्चाइएको क्राउडस्ट्राइकका लागि एक फिक्स प्रयोग गरिएको क्राउडस्ट्राइक एन्टिभाइरस फर्मका प्रमुख कार्यकारी अधिकृतले शुक्रबार बताउनुभएको छ ।
क्राउडस्ट्राइक अमेरिकी साबर सुरक्षा प्रविधि कम्पनी हो ।
सीईओ जर्ज कुर्ट्जले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक सन्देशमा लेख्नुभएको छ, “क्राउडस्ट्राइकले विन्डोज होस्टहरूको लागि एकल सामग्री अद्यावधिकमा फेला परेको त्रुटिबाट प्रभावित ग्राहकहरूसँग तत्काल सम्पर्क गरी यस समस्याको पहिचान गरिएको छ । समस्याको समाधानसँगै सबै अवरूद्धता हटेको विश्वास गरिएको छ ।”
शुक्रबार विश्वव्यापी कम्प्युटर प्रणालीमा ठूलो अवरोध उत्पन्न हुँदा विश्वभरको उडान र दूरसञ्चार सेवा तथा यसबाट लिइने अन्य अनलाइन सेवाहरू प्रभावित बनेका थिए ।
‘माइक्रोसफ्ट एज्योरमा देखिएको प्राविधिक समस्या’ का कारण विश्वव्यापी रूपमा उडानमा ढिलाइ वा अवरोधहरू भएको हुनसक्ने फ्रान्स, बेलायत, संयुक्त राज्य अमेरिका, भारतलगायतका प्रसिद्ध विमान कम्पनीहरूले शुक्रबार बताएका थिए ।
-रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै