+

अग्रगमन सरकारको उच्च प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पु-याउन आह्वान गर्नुभएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तयार गरेको सुझाव पत्र आज सिंहदरबारमा ग्रहण गर्दै उहाँले  मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने जानकारी दिनुभएको छ । 

एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले  भन्नुभयो– सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुनेछ ।  ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइने छ ।’

एमालेका महासचिव शङ्कर पोखरेलले  ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियोे भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गर्नुभएको थियोे । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारिएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट