
काठमाडौँ । काठमाडौँ न्यूरोडका स्थानीय फुटपाथ बिस्तार कार्य रोक्न प्रर्दशनमा उत्रिएका छन् ।
फुटपाथ बिस्तार कार्यमा स्थानीयले पुनः अवरोध गरेका छन् । न्यूरोडको फुटपाथ बिस्तारको विरोधमा स्थानीयल उत्रिएपछि उल्लेख्यमात्रामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।
उच्च अदालतले फुटपाथ बिस्तारको बाटो खोलिदिएपछि महानगरपालिकाले बुधबारदेखि पुनः निर्माण कार्य थालेको छ । तर स्थानीयले फुटपाथ बिस्तार कार्यमा अवरोध गरेका छन् । फुटपाथ बिस्तार कार्यमा स्थानीयल अवरोध गरेपछि न्यूरोड क्षेत्रमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी, नगरप्रहरी लगायत तैनाथ गरिएको छ ।
न्यूरोड क्षेत्रमा महानगरपालिका केही महिना अघिदेखि फुटपाथ बिस्तारको प्रयास गरिरहेको छ । तर सडक डिभिजन कार्यालयले न्यूरोडलाई साविककै अवस्थमा राख्न चाहेको छ । स्थानीयले न्यूरोडलाई साविककै अवस्थामा राख्नुपर्ने भन्दै फुटपाथ बिस्तारमा अवरोध गर्दै आएका हुन् ।
न्यूरोडमा फुटपाथ बिस्तार विवालले त्यस क्षेत्रको विकास निर्माण नै प्रभावित भएको छ । यसअघि महानगरले फुटपाथ बिस्ताको लागि भत्काइएको रेलिङ सडक डिभिजन कार्यालयलेले हस्तक्षेप गरी तत्कालै पुन गाडेको थियो । सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर निर्माण सामान जफत गरी महानगरपालिकाले काटेको कालोपत्रे टालेको थियो ।
फुटपाथ बिस्तारमा सडक डिभिजन कार्यालयको हस्तक्षेप गरेपछि महानगरले त्यसविरुद्ध उच्च अदालत पाटनमा रिट दिएको थियो । रिटमा सुनुवाइ गर्दै उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएको थियो । उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
उच्च अदालतको आदेशपछि महानगरपालिकाले फुटपाथ बिस्तार कार्य पुन थालेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन