
काठमाडौँ । आज सार्वजनिक गर्ने भनिएको मौद्रिक नीति रोकिएको छ ।
मौद्रिक नीतिबारे सञ्चालक समितिमा छलफल गर्ने क्रम नसकिएकोले त्यसलाई सार्वजनिक गर्ने आजको कार्यक्रम रोकिएको नेपाल राष्ट्र बेंक स्रोतले जानकारी दिएको छ ।
राष्ट्र बैंक सञ्चालक समितिले यसअघि मौद्रिक नीति आज सार्वजनिक हुने जनाएको थियो । शुक्रबार सञ्चालक समिति बैठक बसेर प्रस्तावित मौद्रिक नीति पारित गर्ने र दिउँसो त्यसलाई सार्वजनिक गर्ने भनिएको थियो ।
‘यसबारे सञ्चालक समितिमा छलफल गर्न थप केही समय चाहिने भयो, त्यसकारण शुक्रबार सार्वजनिक हुने सम्भावना टर्यो’ राष्ट्र बैंक स्रोतको भनाई छ ।
स्रोतका अनुसार प्रधानमन्त्री केपीशर्मा ओलीको आर्थिक सल्लाहकारमा डा युवराज खतिवडा आएपछि उहाँले मौद्रिक नीतिबारे परामर्श गर्न खोजेको कारण त्यसलाई सार्वजनिक गर्ने आजको कार्यक्रम रोकिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै