
नवलपुर । चितवनको सिमलतालमा पहिरोमा परी वेपत्ता भएका यात्रुहरुमध्ये विहीबार थप २ जनाको शव फेला परेको छ । चितवनको भरतपुर महानगरपालिका २६ सिसुवारमा १ जना पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी व्यारेज पुलमा एक जना महिला गरी २ जनाको शव फेला परेको हो ।
विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलको १० नम्बर ढोकानजिक बिहीबार साँझ ६ बजे अन्दाजी ३० देखि ३५ बर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अहिलेसम्म फेला परेका २१ जना मध्ये १४ जनाको सनाखत भएको छ । एक जना महिलासहित ७ जनाको सनाखत हुन बाँकी रहेको छ ।
अहिलेसम्म नवलपुरमा १५ जना, चितवनमा ५ जना र पश्चिम नवलपरासीमा १ जना गरी २१ जनाको शव फेला परेको छ । ३ जना महिला, १ जना बालक र १७ जना पुरुषको शव भेटिएको छ ।
अहिलेसम्म सर्लाही जिल्लाको बरहुथवा नगरपालिका ३ निवासी १९ बर्षीय रमितकुसर माझी, चितवन माडी नगरपालिका १ बस्ने २२ बर्षीय विकास परियार, भारतको सितामणी बर्गिनिया बस्ने २८ बर्षीय ऋषिपाल साह, सितामणी बेतिया निवासी ३० बर्षीय जयप्रकाश ठाकुर, भारतको विहार बेतिया निवासी ३० बर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुर निवासी ४३ बर्षीय प्रमानन्द पण्डित, चितवनको भरतपुर महानगरापालिका २२ निवासी २३ बर्षीय सुदिप विकको सनाखत भएको छ ।
त्यसैगरी सर्लाही जिल्लाको रामनगर गाउँपालिका ३ निवासी २९ बर्षीय जितेन्द्रराम महरा, पर्साको सकुवा प्रसौनी गाउँपालिका २ निवासी २८ बर्षीया महिला चन्द्रप्रभा कुमारी चौधरी, रौटहटको परुहा नगरपालिका ६ निवासी ४० बर्षीय ऋषिकुमार सिंह, रौतहटकै गरुड गाउँपालिका ९ निवासी ९ बर्षीय बालक अशोककुमार यादव, रौतहटकै चन्द्रपु नगरपालिका १० निवासी ४३ बर्षीय किशोरकुमार चौधरी, भारतको सितामणी खाना बैरगनिहा ९ निवासी २७ बर्षीय विवेककुमार र रौतहटको बोधीमाई नगरपालिका ७ निवासी २९ बर्षीया महिला अमृता कुमारीको सनाखत भएको छ। नवलपुरको प्रहरीले शव खोजीको लागि स्थानीय माझीलाई समेत परिचालन गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन