
सुर्खेत । जाजरकोटमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । स्याली खोलाले बगाउँदा बारेकोट गाउँपालिका–३ बुढागाउँका भक्तबहादुर बुढाका १३ वर्षीय छोरा महेन्द्र बुढा बेपत्ता भएका हुन् ।
आज दिउँसो गोठालो गएका बेला खोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कर्णालीका चार जिल्लामा सडक अवरुद्ध
कर्णाली प्रदेशका चार जिल्लामा सडक अवरुद्ध भएका छन् । डोल्पा, हुम्ला, कालीकोट र रुकुमपश्चिममा भारी वर्षाका कारण सडक अवरुद्ध भएका हुन् । भेरी करिडोरअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाड ५ को साङ्लेखोलामा पानीको मात्रा बढेका कारण सडक अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
कर्णाली करिडोरअन्तर्गत हुम्लाको सार्केगाड गाउँपालिका–१ खच्चा, तुम्च, वडा नं ४ का विभिन्न ठाउँमा, खार्पुनाथ गाउँपालिका–१ सुनाखडादेखि लालीबगरसम्म सुक्खा पहिरोका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो ।
भेरी करिडोरमा पर्ने रुकुमपश्चिमको आठबीसकोट–६ रिजिगारमा सडक अवरुद्ध छ । कर्णाली करिडोरको कालीकोटको पचालझरना गाउँपालिका–८ लाफामा पहिरो जाँदा सडक अवरुद्ध भएको पौडेलले जानकारी दिनुभयो । अवरुद्ध सडक खुलाउन प्रयास जारी रहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै