+

रेलमार्ग सर्भेको आशंकमा गुगल नक्सा सर्भे गर्न आएको कारमा आगजनी

चितवन। भरतपुर महानगरपालिका–७, कृष्णपुरस्थित गुगल नक्सा सर्भे गर्न आएको टोली चढेको कारमा आगजनी भएको छ । स्थानीयले रेलमार्ग सर्भे गर्न आएको आरोप लगाउँदै आगजनी गरेका हुन् ।
 
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज दिउँसो १ः४५ बजे बागमती प्रदेश ०१–०३०च ७१९० नम्बरको रोकी राखेको कारमा स्थानीयले आगजनी गरेका हुन् ।
 
एक सय जना हाराहारीका स्थानीय जम्मा भएर कारमा आगो लगाएको उहाँले जानकारी दिनुभयो । आरएस इन्जिनियरिङ सोलुशन प्रालि कालोपुल काठमाडौँबाट दुई जना उक्त कारमा आएका थिए । बाराको जितपुर सिमरा उपमहानरपालिका बस्ने वर्ष २१ का अजित बस्नेत र धादिङ गल्छी गाउँपालिका– ८ बस्ने वर्ष ३५ का कार चालक दिलीप तामाङले कार रोकी सडक सर्भे गर्न गएको बेला कारमा आगजनी भएको थियो ।
 
आगलागीबाट कार पूर्णरुपमा क्षति भएको छ भने दुवै जनालाई प्रहरीले सुरक्षित राखेको छ । कारमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकल र प्रहरीको सहयोगमा निभाइएको थियो । गुगल नक्सा सर्भेका लागि उनीहरु आएको आफूलाई बताएको प्रजिअ यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट