
पोखरा । चैते धान खेतीमा कृषक आकर्षित गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले ८ लाख रुपैयाँ अनुदान सहयोग उपलब्ध गराएको छ ।
महानगरपालिकाले वडा नम्बर १४, १५, २६ र २७ मा चैते धान प्रोत्साहन कार्यक्रमअन्तर्गत कृषकलाई प्रतिरोपनी ९ सय रुपैयाँका दरले अनुदान उपलब्ध गराएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार महानगरपालिकाको वडा नम्बर १४ र १५ मा एक सय रोपनी क्षेत्रफलमा चैते धान गरेबापत् ९० हजार रुपैयाँ उपलब्ध गराइएको छ । वडा नम्बर २६ र २७ मा २ सय २६ कृषकलाई ६ लाख ८१ हजार ३ सय रुपैयाँ अनुदान उपलब्ध गराइएको छ ।
त्यस स्थानमा महानगरपालिकाले ५० प्रतिशत अनुदानमा चैते–५ जातको धानको बीउ उपलब्ध गराएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २०८० र ०८१ को कार्यक्रमअन्तर्गत महानगरभित्र कृषि क्षेत्रमा सकृय १५ संघसंस्थालाई ५, ५ हजार रुपैयाँसहित सम्मान गरेको छ ।
अनुदान रकम हस्तान्तरण एवं कृषक सम्मान कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषि उत्पादनलाई जोड दिँदै महानगरपालिकाले तरकारी, फलफूल र पशुपालनमा सहयोग गर्दै आएको बताउनुभयो । कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्न उत्पादनलाई जोड दिनुपर्ने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै