+

कृषिमा यान्त्रिकीकरण गर्न अनुदानमा औजार

गोरखा । यहाँको भीमसेन थापा गाउँपालिकाले कृषिमा  यान्त्रिकीकरण गर्न अनुदानमा कृषि औजार वितरण गरेको छ । पालिकाभित्रका प्रत्येक वडाको एउटा कृषि सहकारी छनोट गरी कृषि औजार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद वञ्जराले जानकारी दिनुभएको छ । 

किसानलाई प्रोत्साहितगर्दै कृषिपेशालाई यान्त्रिकीकरणमा जोड दिने उद्देश्यले शतप्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको उहाँले बताउनुभयो । पालिकाले  २७ लाख १५ हजार रुपैयाँ बराबरको कृषि औजार खरिद गरी वितरण गरेको गाउँपालिका कृषि शाखा प्रमुख विनोद भन्तनाले जानकारी दिनुभएको छ । 

गाउँपालिकाले बीउ रोप्ने उपकरण सात थान, थ्रेसर, चाप कटर, पानी तान्ने पम्प एक÷एक थान वितरण गरेको हो । स्प्रे पम्प तीन थान, हाते ट्याक्टर चार थान, घाँस काट्ने मेसिन दुई थान र मकै छोडाउने मेसिन एउटा वडामा पाँच थानको दरले वितरण गरिएको गाउँपालिकाले जनाएको छ । वितरण गरिएका कृषि औजार सहकारीमार्फत न्यून शुल्क तिरेर किसानले प्रयोग गर्न पाउनेछन् । 

‘‘कृषि उपकरणको अभावमा कृषिमा लागत बढी र उत्पादन कम हुने अवस्था छ’ कृषि शाखाका प्रमुख भन्तनाले भन्नुभयो – ‘अब कृषिलाई आधुनिकीकरण गर्दै उत्पादन बढाउन प्रविधिको प्रयोगमा जोड दिने गाउँपालिकाको योजना छ ।’ 

गाउँमा खेतीयोग्य जमिन बाँझो हुँदै गएकाले कृषिलाई प्रविधिमैत्री बनाउन सके कम लगानीमा बढी उत्पादन गर्न सकिने उहाँको भनाइ छ । ‘‘परम्परागत खेती प्रणालीले कृषि उत्पादन वृद्धि गर्न सकिदैन’  उहाँले भन्नुभयो,– ‘उत्पादन बढाउन कृषिमा यान्त्रिकीकरण गर्नु अनिवार्य छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट