
काठमाडौँँ। पछिल्लो समय घुमफिर गर्न चाहनेहरुको रोजाईमा पर्ने गरेको चन्द्रागिरी केबलकारमा २ सय ५० यात्रु २ घण्टा अड्किएका छन् । चन्द्रागिरी जान लागेका यात्रुहरु विद्युत अवरुद्ध भएपछि बुधबार दिउँसो १ देखि ३ बजेसम्म केबलकारमा अड्किएका हुन् ।
जमिनबाट निकै उचाईमा केबलकारकै डिब्बामा अड्किएपछि यात्रुहरु आत्तिएर निकैबेर रुवावासी गरे । केबलकारकै डिब्बामा अड्किएका यात्रुलाई प्रहरीले उद्धार गरेको छ । प्रहरीले ८ यात्रुलाई भर्याङ लगाएर उद्धार गरेको थियो । अरुलाई भने केबलकारकै चक्का घुमाएर उद्धार गरिएको हो ।
अड्किएका सबै यात्रुलाई उद्धार गरिएको प्रहरी वृत्त थानकोटका डिएसपी सूर्य सुवेदीले जानकारी दिनुभएको छ । केबलकार जस्तो समवेदनशील विषयमा विद्युतको वैकल्पिक उपाय नबनाएर यात्रु अड्किनु संचालक तथा व्यवस्थापकको लापरवाही भएको घटनाका प्रत्यक्षदर्शीले बनाएका छन् ।
यद्यपि केबुलकारमा सवार यात्रुहरुले भने विद्युत आपूर्ति समस्याले नभई अन्य प्राविधिक गडबढीले नै रोकिएको हुन सक्ने आशंका गरेका छन् । केबुलकार व्यवस्थापनले यसबारे केही समयमा आधिकारिक धारणा सार्वजनिक गरिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै