+

५४ अंकले बढ्यो नेप्से, फाइनान्समा सर्किट

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै छ । 

नेप्से परिसूचक बुधबार ५४ दशमलव ०४ अंकले बढेर ३ हजार ३ सय  ६४ दशमलव ६३ को विन्दुमा कायम भएको छ । 

आज  ३ सय  ६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९ सय ३७ किता शेयर,  १ लाख ४९ हजार  ६ सय ८१ पटक खरिदबिक्री हुँदा  १२ अर्ब  ५ करोड ९२ लाख ६६ हजार १ सय १३ रुपैयाँ बराबरको कारोबार भएको छ। 

आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै ७ दशमलव ३० प्रतिशतले बढेको छ । आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी  लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २  को सबैभन्दा धेरै ९ दशमलव ९० प्रतिशतले घटेको हो । 

सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।   सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार ८ सय ८४ कित्ता शेयर किनबेच भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट