+

परराष्ट्रमन्त्री राणासँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सङले ​शिष्टाचार भेटघाट गर्नुभएको छ । बुधवार परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको बहुपक्षीय सहकार्य थप सुदृढ बनाउने बिषयमा छलफल भएको मन्त्री राणाको सचिवालयले जनाएको छ । 

मन्त्री राणासंगको भेटपछि चिनियाँ राजदूत सङले सामाजिक सञ्जाल एक्समा भेटघाटको तस्बिर पोष्ट गर्दै लेख्नुभएको छ,-‘माननीय विदेश मन्त्री डा. आरजु राणा देउवालाई भेट्न पाउँदा खुशी लाग्यो । नवनियुक्त विदेशमन्त्रीका रूपमा उहाँलाई हार्दिक बधाई छ ।’


राजदूत सङले नेपाल र चीनबीचको कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउने तयारी भइरहेको जानकारी दिनुभएको छ । ‘हामीले चीन र नेपालको कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने तयारी गरेका छौं, भेटपछि उहाँले लेख्नुभएको छ ।’ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट