भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : सभापति लामिछाने
2081-04-06
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले राष्ट्रिय गौरवका आयोजनालाई तीव्रता दिँदै सुशासन, कानुनी र नीतिगत सुधारका माध्यमबाट जनतामा सेवा प्रवाह बढाइ आशा जागृत गर्ने बताउनुुभएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले निर्माण सम्पन्न गरेर पनि भुक्तानी पाउन नसकेका निर्माण व्यवसायीहरूको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उहाँले नयाँ सरकार गठनसँगै जनतामा उत्साह वृद्धि भएको उल्लेख गर्दै त्यो उत्साहलाई मर्न नदिने स्पष्ट गर्नुभयो ।