मधेस

चिसोका कारण रौतहटका सामुदायिक विद्यालय चार दिन विदा

रौतहट । केही दिनयताको शीतलहरसँगै चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय धमाधम बन्द हुँदैछन् । अत्यधिक जाडो बढेका कारण बालबालिकाको स्वास्थ्यलाई ख्यालमा राखी जाडो बिदा दिन शिक्षा समन्वय एकाइ रौतहटले जिल्लाका सबै विद्यालयलाई सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएका हुन् ।