
सुर्खेत । कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड बीच भागमै अड्किएका छन् ।
अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएको हो ।
खुट्टा जालीभित्र पसेपछि आज बिहानदेखि खच्चड पुलको बीच भागमै थन्किएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । ‘खुट्टा पुरै जालीभित्र पसेपछि १३ खच्चड त्यहाँबाट निस्किन पाएका छैनन्’ उहाँले भन्नुभयो– ‘उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी घट्नास्थलमा खटाएका छौँ ।’
भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन् । आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुङ्गे पुलको दाँहिने तर्फको भाग लत्रिएको हो । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । अहिले पुलमा आवतजावत बन्द छ ।
व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए । उद्धारको पहल गर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली अहिले घटनास्थलतर्फ गएको छ ।
अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली पनि उद्वारका लागि त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने