
चितवन । नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले अहिले सरकारमा जाने कांग्रेसको कुनै योजना नभएको बताउनुभएको छ । यहाँ आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त रुपमा निर्वाह गर्ने बताउनुभयो ।
कांग्रेस प्रतिपक्षको भूमिकामा रहन्छ । हामी पार्टीलाई सङ्गठन सुद्धिकरण अभियानमा लैजाने तयारीमा छौँ’ नेता निधिले भन्नुभयो । संसदीय प्रणालीमा लोकतान्त्रीक शक्ति सत्तापक्षमा वा प्रतिपक्षमा बस्ने उहाँको भनाइ छ ।
फरक प्रसङ्गमा नेता निधिले संविधानमा मध्यावधी निर्वाचन तथा संसद् विघटन गर्ने व्यवस्था नभएको उल्लेख गर्नुभयो । ‘मुलुक मध्यावधि निर्वाचनमा जाने स्थिति देखिएको छैन’ उहाँले भन्नुभयो ।
मधेश प्रदेशमा कांग्रेस, नेकपा एकीकृत समाजवादीसहितका दलको सरकार बन्ने सम्भावना बढेर गएको नेता निधिको भनाइ छ । यसबारे विषयमा छलफल सकारात्मक रुपमा भइरहेको उहाँले जानकारी दिनुभएको छ ।
सहकारी ठगि प्रकरणमा संसदीय छानविन समिति बन्नु कांग्रेसका लागि ठूलो सफलता भएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले