
मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी वर्तमान गठबन्धन बाहिर नजाने जिकिर गर्नुभएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बुधबार विपक्षी दलहरूको बैठकमा सहभागी भएको बारे सञ्चारकर्मीको जिज्ञासामा विहीबार बिहान प्रचण्डले भन्नुभयो , ‘माधवजीको त्यस्तो हुने संभावना छैन ।’
माधव नेपाल असन्तुष्ट रहेका कारण गठबन्धन छाड्न सक्ने चर्चाकाबीच बिहीबार बिहान प्रचण्डलाई भेट्न झलनाथ खनाल बालुवाटार पुग्नुभएको थियो । प्रचण्डले विहीबार बिहान मात्रै माधव नेपालसँग यस बारे कुराकानी भएको उल्लेख गर्दै नेपाल गठबन्धन बाहिर नजाने दाबी गर्नुभएको हो ।
‘केही समय पहिलादेखि नै उहाँ उतापनि यतापनि दुवैतिर जोडिनेजस्तो देखिएको त थियो’ प्रचण्डले भन्नुभयो, ‘तर, आज बिहान मात्र मेरो कुरा हुँदा माधवजीले यो समीकरणभन्दा बाहिर छैन र हुन्न भनेर क्लियर गर्नुभएको छ ।’
प्रधानमन्त्री प्रचण्डले माधव नेपाल वर्तमान सत्ता समीकरण बाहिर गएर पनि अर्को गठबन्धन बन्ने सम्भावना नरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- संसद् भवन घेरे जेनजीले