
रुकुम । भेरी करिडोरअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगर र रुकुमपश्चिमको आठबिसकोट–४ छरेबगर, गोतामकोट जोड्ने भेरी नदीमाथिको बेलिब्रिज उद्घाटन भएको छ ।
केही दिनअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको बेलिब्रिज पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्माले औपचारिक उद्घाटन गर्नुभएको हो ।
सांसद शर्माले तीन देश (भारत, नेपाल र चीन) को लाइफलाइनका रूपमा रहेको भेरी करिडोरमा निर्माण भएको यो पुलले यहाँको यातायात सेवालाई थप सहज र भरपर्दो बनाएको बताउनुभयो । उहाँले भेरी करिडोरमा निर्माणाधीन अन्य पुलको निर्माण समेत समयमा सकिनुपर्ने बताउँदै सबै पुल निर्माण भएमा जाजरकोट, रुकुमपश्चिम र डोल्पाको यातायात सेवा थप प्रभावकारी हुनुका साथै तीन देशलाई जोड्न महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गत वर्षको वैशाख ७ गते निर्माण अन्तिम चरणमा पुगेका बेला बेलिब्रिज भाँचिएको थियो । लापरवाहीपूर्ण तरिकाले पुलमा क्रेन चढाउँदा पुल भाँचिदा पुल निर्माण गरिरहेका भारतको बहराइचका दुईजना कामदारको मृत्यु भएको थियो भने सातजना कामदार घाइते भएका थिए ।
त्यसपछि पुल निर्माण अलपत्र परेको थियो । तर यति विल्डर्स निर्माण कम्पनीले पुल निर्माणमा लगानी गरेपछि निर्माण सम्पन्न भएको छ । पुल भाँचिएपछि निर्माण सम्पन्न गर्न ६५ लाख रुपैयँँ खर्च भएको यती विल्डर्सका अध्यक्ष भीमराज केसीले बताउनुभयो ।
शुरुमा पुल निर्माणको जिम्मा विसं २०७८ पुसमा हिम सगरमाथा खड्का कृष्ण जेभीले ३ करोड ८१ लाख रुपैयाँमा लिएको थियो । यो बेलिब्रिजको गत शुक्रबार भेरी करिडोर कार्यालयको प्राविधिक टोलीले भारवाहन क्षमता परीक्षण गर्दा सफल भएको थियो । त्यसपछि शनिबारबाट बेलिब्रिज सञ्चालनमा आएको थियो । यो बेलिब्रिजले २५ टन थेग्नसक्ने क्षमताको छ ।
भेरी करिडोर कार्यालय जाजरकोटका प्रमुख सुनिल रञ्जितकारले भारत–नेपाल हुँदै चीन जोड्ने भेरी करिडोरअन्तर्गत तल्लुबगर बेलिब्रिज सञ्चालनमा आएसँगै अब डोल्पा जिल्ला सिधा सडक सञ्जाल जोडिएको बताउनुभयो । साथै भेरी करिडोरको यातायात सेवा थप सहज बनेको छ । यसबाट जाजरकोट, रुकुमपश्चिम र डोल्पाका हजारौँ नागरिक लाभान्वित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री