
दाङ । पछिल्लो सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढिरहेको छ । निजी विद्यालय छाडेर पनि सामुदायिक विद्यालयमा भर्ना हुन आउनेको सङ्ख्या बढिरहेको छ ।
दाङको राप्ती गाउँपालिकास्थित सर्वोदय मावि सिसहनियामा यस वर्ष मात्र दुई सय नयाँ विद्यार्थी थपिएका छन् । तीमध्ये अधिकांश निजी विद्यालयबाट आएका प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताउनुभयो । अङ्ग्रेजी माध्यामबाट कक्षा शुरु भएपछि विद्यार्थीको आकर्षण बढेको उहाँले बताउनुभयो ।
राप्ती गाउँपालिका–४ स्थित जनज्योति आधारभूत विद्यालयमा पनि निजी विद्यालय छाडेर भर्ना भएका छन् । प्रधानाध्यापक कुलराम जैसीका अनुसार ४६ जना नयाँ विद्यार्थी थपिएका छन् । विद्यालयमा नर्सरी–१ र नर्सरी–२ पनि सञ्चालन गरिएकाले पनि विद्यार्थीको आकर्षण बढेको उहाँको भनाइ छ ।
नेपाल राष्ट्रिय मावि राप्ती गाउँपालिका–१ मा पनि निजी विद्यालयबाट भर्ना हुन विद्यार्थी आएका छन् । प्रधानाध्यापक लोकेन्द्र केसीका अनुसार ८० जना निजी विद्यालयबाट मात्रै भर्ना भएका छन् ।
राप्तीको आदर्श नमूना माविमा प्रत्येक कक्षामा ५० जना थप नयाँ विद्यार्थी आएका छन् । प्रधानाध्यापक किरन पोख्रेलका अनुसार अहिले त्यही विद्यालयमा दुई हजार एक सय विद्यार्थी छन् । विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाइ हुन थालेको छ ।
यी त केही उदाहरणमात्रै हुन् । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या बढिरहेको छ । अङ्ग्रेजी माध्यममा पठन–पाठन हुन थालेपछि यसरी विद्यार्थीको सङ्ख्या बढिरहेको प्रधानाध्यापक पोख्रेलले बताउनुभयो । सामुदायिक विद्यालयले उचित व्यवस्थापन गरेपछि विद्यार्थीको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।
राप्ती गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, सरकारी विद्यालयका शिक्षकका सन्तान सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने निर्णय गरेको छ । त्यही अनुसार पालिका अध्यक्ष प्रकाश विष्ट, शिक्षा शाखा प्रमुख विश्वास विक लगायतले आफ्ना सन्तालानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुभएको छ ।
सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स–साना कुरामा ध्यान दिनसके निजीभन्दा राम्रो हुने पालिका अध्यक्ष प्रकाश विष्टले बताउनुभयो । उहाँले राप्तीका सामुदायिक विद्यालय सुधार अभियानलाई अगाडि बढाएको समेत बताउनुभयो । ‘हामी सबै लाग्यौँ भने सामुदायिक विद्यालयको शिक्षा सुधार हुनसक्छ’ उहाँले भन्नुभयो– ‘त्यसैले यस वर्षदेखि सामुदायिक विद्यालय सुधार अभियानमा लागेका छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’