
बाँके । राप्तीसोनारी गाउँपालिका–१ खोकरी कुसुममा आकस्मिकरुपमा फैलिएको झाडापखाला नियन्त्रणमा आएको छ । जिल्लास्थित स्वास्थ्य कार्यालयका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेर उपचार गरेपछि झाडापखाला नियन्त्रणमा आएको जनाइएको छ ।
‘एक्कासी फैलिएको झाडापखालाबाट गाउँका २९ जना बिरामी परेका थिए । तीमध्ये आठ जनाको अवस्था गम्भीर थियो । स्वास्थ्यकर्मीको टोली गाउँमा गएर उपचारमा संलग्न भएसँगै झाडापखाला नियन्त्रणमा आएको छ’ स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले भन्नुभयो ।
राप्तीसोनारी अस्पतालका चिकित्सक डा राम शाहको नेतृत्वमा गाउँमै पुगेको स्वास्थ्यकर्मीको टोलीले बिरामीको उपचार गरेको थियो । तीन जनालाई स्वास्थ्य चौकीमा भर्ना गरेर थप उपचार गरिएको राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।
खोकना कुसुममा झाडापखाला फैलिएको जानकारी आउनसाथ कुसुम स्वास्थ्य चौकीबाट प्रमुख अमरसिंह महतारा र पालिकाको स्वास्थ्य शाखा प्रमुख केसीलगायत टोली टोलीले तत्काल गाउँमा पुगेर उपचार शुरु गरेको थियो ।
‘एक जना स्थानीयको घरमा आयोजित भोजमा खानेपानीको समस्या भएको पाएका छौँ । त्यो भोजमा सहभागीहरुमा पखाला फैलिएको हो’ स्वास्थ्य शाखा प्रमुख केसीले भन्नुभयो । पानी शुद्धीकरण गर्ने औषधि र पखालाका अन्य औषधिसहित चिकित्सकको टोली समयमै गाउँमा पुगेकाले पखाला छिट्टै नियन्त्रणमा आएको उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने