
बाँके । कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले नीति निर्माणमा युवाहरूको अर्थपूर्ण सहभागी हुन आवश्यक रहेको बताउनुभएको छ । कोहलपुर नगर युवा संजालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर आचार्यले यस्तो धारणा राख्नुभएको हो ।
‘अवसर हामीलाई दिनुहोस्, परिवर्तन सबैका लागि ल्याउने छौं’ भन्ने नाराका साथ शुक्रवारदेखि कोहलपुरमा युवा संजालको ४ दिने सम्मेलन शुरु भएको छ ।
युवाहरूको लागि नगरपालिका सक्रिय भएर युवा लक्षित कार्यक्रमहरू गर्न प्रतिवद्ध रहेने बताउँदै मेयर आचार्यले युवाहरूलाई सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तनका लागि मेरुदण्डको रुपमा उभिन आग्रह गर्नु भएको थियो । युवा जागरणका यस्ता कार्यक्रमहरुले युवाहररूलाइ रचनात्मक बताउन सहयोग पुग्ने उहाँको तर्क थियो ।
कोहलपुर नगर युवा संजालका अध्यक्ष रमेश वरले लुम्बिनी प्रदेशमा तेस्रोपटक कोहलपुरमा नमुना नगरसभा गरिएको जानकारी गराउँदै स्थानीय सरकारले बजेट तथा नीति कार्यक्रम बनाउँदा युवाहरूको अर्थपूर्ण सहभागिता गर्न आग्रह गर्नुभयो ।
कोहलपुर नगरपालिकाका उपमेयर संगिता सुवेदीले युवाहरुलाई स्थानीय सरकारका कार्यक्रममा सक्रिय सहभागी रहन आग्रह गर्दै कोहलपुर नगरपालिकामा किशोरी संजाल गठन गरिने बताउनु भएको छ । जसले गर्दा किशोरीहरूको समस्या सहजरूपमा समधान गर्न सकिने उहाँको धारणा थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढोलक राज ढकालले यस्तो कार्यक्रमले भविष्यमा युवाहरूले जुनसुकै क्षेत्रमा महत्त्वपूर्ण भूमिका खे ल्नसक्ने सक्ने सक्षम युवा उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिश्वकर्माले शुभकामना मन्तव्य राख्दै राजनैतिक, आर्थिक, सामाजिक र भौतिक रूपमा युवाहरूको अनिवार्य सहभागी हुन आवश्यक रहेको बताउनु भयो । कोहलपुर नगरपालिकाले गर्ने हरेक कार्यक्रममा युवाहरूलाई सहभागी गराइने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
४ दिन सम्म चल्ने यो कार्यक्रममा कोहलपुर नगर क्षेत्रका ६१ जना युवाको सहभागिता छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक
- प्रधानमन्त्रीसँगै स्पेनको कार्यक्रममा गएका १० जना नेपाली नफर्किएको खुलासा
- वामदेव गौतमलाई एकीकृत समाजवादीमा तेस्रो वरीयता दिने सहमति
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- रसुवा बाढीमा बेपत्ता १८ जनाको नाम सार्वजनिक
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
- त्रिशूली नदीमा दुई जनाको शव भेटियो
- बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’