
बाँके । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीसहितको टोलीले मदरसा शिक्षाको बारेमा अनुगमन तथा छलफल गरेको छ । बाँकेको नरैनापुर गाउँपालिका अन्तर्गत रहेका मदरसाको स्थलगत अनुगमन गर्दै आयोगको टोलीले मदरसा शिक्षाको अवस्थाका बारेमा जानकारी लिएको हो ।
टोलीले त्यस क्षेत्रमा सञ्चालित मदरसाको भौतिक पुर्वाधार, बालबालिकाको शिक्षाको अवस्था, गुणस्तरीयता लगायतका विषयमा जानकारी लिई देखिएका समस्यालाई समाधानका लागि सम्वन्धित निकायमा पहल गर्ने मुस्लिम आयोगका सदस्य सम्सुल हकले बताउनुभयो । अनुगमन पश्चात आयोगका अध्यक्ष अन्सारीले नेपाली मुस्लिम समुदायले सबैभन्दा बढी शिक्षामा जोड दिनुपर्ने भन्दै मुस्लिम समुदाय शिक्षामा निकै पछाडि परेकाले शिक्षा क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँका अनुसार राज्यको हरेक तहमा मुस्लिम समुदायको प्रतिनिधित्वका लागि आयोगले निरन्तर पहल गर्दै आएको छ । मुस्लिम आयोगले समुदायको शिक्षामा बढी जोड दिएको भन्दै आयोग अध्यक्ष अन्सारीले लोकसेवा आयोगका लागि निःशुल्क तयारी कक्षा सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले शिक्षालाई व्यवस्थित गर्दै मदरसा शिक्षालाई मूलधारमा ल्याउन मदरसाको व्यवस्थापनका लागि तीन वटै सरकारको भुमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा अध्यक्ष अन्सारीसहितको टोलीलाई स्वागत गर्दै नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले पालिकामा रहेका २६ वटा मदरसाको भौतिक पूर्वधार र योग्य जनशक्ति नहुँदा मदरसाको अवस्था नाजुक भएको भन्दै भौतिक पूर्वधार र कन्या क्याम्पस स्थापनाका लागि पहल गरी दिन माग गर्नुभएको थियो । टोलीमा अध्यक्ष अन्सारी, सदस्यद्वय सम्सुल हक र महमदिन अलीलगायत रहनुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने