
काठमाडौँ । कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक भएको छ । उक्त कृतिको आज एक कार्यक्रमका बीच कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज प्रधानले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
तत्कालीन ग्रामीण परिवेशको भोगाइ र वर्तमान राजनीतिक अवस्थालाई चित्रण गरेर लेखिएको उक्त सङ्ग्रहमा ६६ कविता समावेश छन् । कृतिमा राजनीतिक क्षेत्रमा देखिएका विसङ्गती, शिक्षा प्रणालीको कमजोरी, बेरोजगारी, गरिबीजस्ता विषयलाई समेटेको छ ।
कृतिको समीक्षा गर्दै कवि अधिकारीले फरक शैलीमा स्थानीय भाषा र परिवेशअनुरुप शैलीको स्वाद दिनेगरी कवि अस्तित्वले शब्दचित्रमा उतारेको उल्लेख गर्नुभयो । मानिसले आश्रय दिएको सहरलाई गाली गरेर गाउँलाई बिर्सिएको सन्दर्भमा गाउँको सुगन्धलाई कविताले समेटेको बताउनुभयो । “कविता अध्ययन गर्दा नयाँ भाषाको गन्ध र स्वाद भेटिन्छ, विद्रोहको प्रतिकको रुपमा रोल्पाको लिवाङ, जलजला, थबाङ क्षेत्रको अवस्था र अनुभवलाई लेखकले उतार्न खोजेको पाइन्छ”, उहाँले भन्नुभयो ।
कवि राधिका कल्पितले चिहानमाथि महल बनाइरहेको मान्छेभित्रका कविताले प्रत्येक पाठकलाई आफ्नै भोगाइ र सङ्घर्षको गहिराइको अनुभूति दिलाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले कविको बाल्यकालदेखि अहिलेको अवस्थासम्म छर्लङ्ग चित्र आउने आख्यानजस्तो कविता सङ्ग्रह रहेको बताउनुभयो । कविताले तत्कालीय द्वन्द्वकालमा रोल्पा जिल्लाको अवस्था, अध्ययनका लागि सहर छिरेको सङ्घर्ष आदिलाई पुस्तकले उजागर गरेको कवि कल्पितले बताउनुभयो ।
यस्तै कवि सुरज रानाले ग्रामीण परिवेष्टका विभिन्न गम्भीर विषयलाई कविले सरल भाषामा कविताको रुपमा उतारेको उल्लेख गर्नुभयो । कवितामा त्रित्रित कतिपय पात्र र परिवेशबारे कविताले स्पष्ट पार्न नसकेको टिप्पणी गर्नुभयो । पुस्तकका लेखक धनश्याम अस्तित्वले विगतमा भोगेका अनुभवलाई शब्दभावमा उतारेको उल्लेख गर्नुभयो । बिएन पुस्तक संसार प्रालिले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु तीन सय ५० रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- सिद्धार्थ राजमार्ग सुचारु, पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति
- च्यासलले सदस्यता खोसे पनि एमालेमै संघर्ष गरिरहन्छु : पूर्वराष्ट्रपति भण्डारी
- शिक्षा विधेयक संसदीय समितिबाट पारित
- ओलीको राजनीतिक विचार मदन भण्डारी फाउण्डेशनसँग जोडिएको छ : ईश्वर पोखरेल
- जेलमा रविको अनुहार हेर्दै प्रचण्डले भने– कठै दुब्लाउनुभएछ
- उपसभामुखलाई हटाउने खेलबाट पछि हट्यो कांग्रेस, प्रस्ताव अघि नबढ्ने
- नाउपामा रञ्जिता बनिन् स्वघोषित दलको नेता, संसद्मा पठाइयो पत्र
- संसदमा बहुमत छ भन्दैमा जे पायो त्यही गर्न हुँदैन : गगन थापा
- एमालेमा मेरो सदस्यता कसैले खोस्न सक्दैन : पूर्वराष्ट्रपति भण्डारी