
बाँके । सामाजिक सञ्जालको दुरुपयोगका कारण साइबर अपराध सम्बन्धी घटनाको न्यूनीकरणका लागि कोहलपुर नगर स्तरीय युवा क्लबले साइबर सुरक्षा र एआई सम्बन्धी सचेतना कार्यक्रम कार्यक्रम गरेको छ ।
क्लबको आयोजनामा विद्यार्थीलाई साइबर अपराध र साइबर सुरक्षासम्बन्धी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाकी नगर उपप्रमुख संगीता सुवेदीले आधुनिकतामा धकेली रहदा विभिन्न समस्या उत्पन्न भएका कारण यसलाई न्यूनीकरण गर्ने र विद्यार्थीलाई सचेत गराउने उदेश्यले कोहलपुर नगर स्तरीय युवा क्लबसँग समन्वय गरी कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
उपप्रमुख सुवेदीले कोलपुर नगरभित्र किशोरी संञ्जाल गठन गर्ने बताउँदै किशोरीको हरेक समस्यालाई सम्बोधन गर्ने लक्ष्यका साथ नेतृत्व र व्यत्तित्व विाकासका लागि विभिन्न तालिमको आयोजना गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
त्यस अवसरमा बोल्दै सामाजिक विकास समिति संयोजकईश्वरीप्रसाद विश्वकर्माले समाजलाई व्यवस्थित बनाउनको लागि यस्ता खाले सचेतनाका कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै नगर युवा क्लबले गर्ने हरेक कार्यक्रममा आफ्नो साथ रहने बताउनुभयो ।
कार्यक्रमा बोल्दै कोहलपुर नगर स्तरीय युवा क्लबकका अध्यक्ष रमेश वरले साइबर सुरक्षामा विशेष ध्यान बताउनु भयो । ‘साइबर असुरक्षाको जोखिम बढी रहेको छ’, उनले भने ‘जोखिम कम गर्ने एउटै उपाय सचेतना हो ।’ यसमा सबै सचेत हुन पर्ने बताउनु भयो ।
कार्यक्रममा सूचना प्रविधिका विद्यार्थी रवि पंगालीले सहजीकरण गर्दै साइबर सुरक्षा र साइबर अपराधका बारेमा सहभागीलाई जानकारी गराउनु भएको छ । कार्यक्रममा १ सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- छानबिन गर्ने विशेष समितिका सदस्यहरुको नाम टुंगियो
- ‘फरार’ जसपा नेता यादव फेसबुक लाइभमा, भन्छन्-‘म भागेको हैन’
- शिक्षा समितिमा घिमिरे र शर्माबीच भनाभन, सभापतिको हस्तक्षेप
- ‘अन्तरजातीय विवाहले निम्त्याएको सामूहिक हत्या’
- आज कोशी र बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
- भोजपुरमा ज्वाइँद्वारा ससुरालीको सामूहिक हत्या
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय