
बाँके । बाँके राष्ट्रिय निकुञ्जमा कृत्रिम पोखरी बनाइ वन्यजन्तुलाई पानीको व्यवस्थापन गरिएको छ ।
बढ्दो गर्मीसँगै पानीका स्रोत सुकेपछि वन्यजन्तुको चहलपहल हुने क्षेत्रमा चालु आवमा ६ वटा कृत्रिम पोखरीको व्यवस्था गरिएको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले जानकारी दिनुभएको छ ।
निकुञ्जमा रहेका जलाशयमा पानीको सतह घटेपछि हाल छ वटा कृत्रिम पोखरीमा बोरिङ गाडेर पानीको व्यवस्थापन गरिएका र अन्य ठाउँमा पनि पोखरी निर्माणका लागि स्थान छनोट गर्ने काम भइरहेका साहले बताउनुभयो ।
निकुञ्ज क्षेत्रमा पानीको स्थायी स्रोत नहुँदा गर्मीयाममा पानीको अभाव हुने र पाटेबाघलगायत निकुञ्जमा पाइने चित्तल, जरायो, नीलगाई, लगुना, चितुवा र हात्तीसहितका अन्य वन्यजन्तु पानीको खोजीमा राप्ती नदीसम्म पुग्ने गरेका छन् ।
त्यसरी पानीको खोजीमा हिँडेका जङ्गली जनावर मध्यवर्ती क्षेत्रका बस्ती र पूर्वपश्चिम राजमार्गसम्म पुग्दा दुर्घटना लगायत मानव—वन्यजन्तु द्वन्द्वसमेत हुने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने