
सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ (पुल) अन्तिम चरणमा पुगेको छ । डोल्पा, जाजरकोट र रुकुमपश्चिमलाई जोड्न महत्वपूर्ण मानिएको भेरी नदीको बेलिब्रिज निर्माण अन्तिम चरणमा पुगेको आयोजना कार्यालयले जनाएको छ ।
बेलिब्रिज निर्माणका लागि आवश्यकपर्ने पाता सबै जडान भइरहेको आयोजनाका प्रमुख सुनील रञ्जितकारले बताउनुभयो । पुलको बेस प्लेट जडानको काम भोलिदेखि शुरु हुने उहाँले जानकारी दिनुभयो । जेठ मसान्तभित्र पुल निर्माण गरिसक्ने योजनाका साथ काम भइरहेको उहाँको भनाइ छ ।
पुलका सबै पाता यति बिल्र्डसले जडान गरेको छ भने बेस प्लेटदेखि ढलान, पालको काम बुद्धिबहादुर खत्रीले गर्ने सहमतिअनुसार काम भइरहेको प्रमुख रञ्जितकारले बताउनुभयो ।
जाजरकोटको नलगाड नगरपालिका–१२ र रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाको अनाहबीचमा पर्ने पुल लामो समयदेखि अलपत्र परेकामा नयाँ कार्यालय प्रमुख आएसँगै निर्माणले तीव्रता पाएको हो । तीन करोड ८१ लाख रुपैयाँको लागतमा बेलिब्रिजको काम भइरहेको छ । बेलिब्रिज हिम सगरमाथा–खड्का कृष्ण जेभीले विसं २०७८ पुसमा जिम्मा लिएको थियो । एक वर्षभित्र निर्माण सक्ने भन्दै काम शुरु गरिएको पुल अहिलेसम्म पूरा हुन सकेको छैन ।
आयोजना कार्यालयको प्रमुख बदलिरहने तथा निर्माण व्यवसायीलाई काम गर्न ताकेता नगर्दा पुल निर्माण अलपत्र पर्दै आएको थियो । हालका प्रमुख रञ्जितकारले आफू कार्यक्षेत्रमा खटिएर निर्माणलाई तीव्रता दिन दबाब दिएपछि अहिले करिब ९० प्रतिशत काम पूरा भएको छ । तीन जिल्लाको लाइफलाइनका साथै भारत, नेपाल र चीन जोड्ने त्रिदेशीय सडकको रुपमा पनि आयोजना महत्वपूर्ण मानिएको छ ।
एक सय १८ किलोमिटर लम्बाइ रहेको जाजरकोट–डोल्पा खण्डभित्रको ५६ किमी सडकमा अहिले काम भइरहेको आयोजना प्रमुख रञ्जितकारले जानकारी दिनुभयो । ठेक्का लिएर काम नगर्ने क्याराभानलाई समेत तत्काल काममा फर्कन दबाब दिइएको उहाँको भनाइ छ ।
रञ्जितकारका अनुसार अहिले ५६ किमी खण्डमा कामले तिव्रता पाएको छ भने बाँकी ६२ किमीमा सडक फराकिलो बनाउने र स्तरोन्नतिको काम सुरु गर्न थालिएको छ । यो पुल निर्माण पछि जगदुल्ला जलविद्युत् आयोजना एक सय छ मेगावाट निर्माणमा समेत सहजता हुनेछ । जेठ मसान्तभित्र डोल्पामा बेलिब्रिज पुलमार्फत सिधा यातायात सेवा सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेको आयोजना प्रमुख रञ्जितकारले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने