
सुर्खेत । लामो समयसम्म रोकिएको काँक्रेविहार पर्खाल निर्माणको काम अघि बढ्ने भएको छ । प्रदेश सरकारले काँक्रेविहार कम्पाउन्डिङ (पर्खाल) आयोजनालाई निरन्तरता दिन लागेको हो ।
विसं २०७८ असोज १९ गते उच्च अदालत सुर्खेतले अन्तरिम आदेश जारी गर्दै पर्खाल निर्माण अघि नबढाउन भनेको थियो । डिभिजन वन कार्यालय सुर्खेतले काँक्रेविहार वन क्षेत्रको साँध सीमामा पर्खाल नलगाई पाँच÷सात मिटर जग्गा बाहिर छोडेर पर्खाल निर्माण गरेको आरोप लगाउँदै अधिवक्ता शेरबहादुर खत्रीले अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । त्यसयता पर्खाल निर्माणको काम अघि बढ्न सकेको थिएन ।
अहिले वन क्षेत्रलाई समेटेर काम अघि बढाउन उच्च अदालत सुर्खेतले आदेशसमेत दिएपछि काम सुरु हुने भएको हो । विसं २०७९ मङ्सिर २८ गते संरक्षित क्षेत्रको सबै वनक्षेत्र समेटेर पर्खाल निर्माण गर्न उच्च अदालत सुर्खेतले फैसला गरेको थियो । अदालतले गरेको फैसलाअनुरूप काम अघि बढाउन लागिएको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । काम अघि बढाउन चालु आर्थिक वर्षमा प्रदेश सरकारले बजेट विनियोजन समेत गरेको छ ।
विसं २०७८ वैशाख १२ गते ऐतिहासिक काँक्रेविहार संरक्षित वन क्षेत्रको सुरक्षार्थ ‘कम्पाउण्ड वाल’ (पर्खाल) निर्माण कार्य अघि बढाइएको थियो । डिभिजन वन कार्यालय सुर्खेतले महावीर, खिन्ती, हिराचन्द केएसके जोइन एडभेन्जर सुर्खेतसँग ११ करोड ८५ लाख ४२ हजार रुपैयाँमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो ।
काँक्रेविहार संरक्षित वन क्षेत्रको सात किलोमिटर क्षेत्रमा ‘कम्पाउण्ड वाल’ निर्माण गरिनेछ । अहिलेसम्म निर्माण कम्पनीले एक करोड ३३ लाख रुपैयाँ मात्र भुक्तानी लिएको छ ।
डिपिआरअनुसार पर्खाल निर्माण (कम्पाउन्डिङ) का लागि २१ करोड रुपैयाँ लाग्ने अनुमान छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड रुपैयाँ विनियोजन गरेको छ । अदालतको आदेश आए पनि निर्माण कम्पनीको म्याद सकिएकाले काम हुन नसकेको डिभिजन वन कार्यालय सुर्खेतले जनाएको छ । म्याद थपका लागि निर्माण कम्पनीले निवेदन पेश गरेको डिभिजनल वन अधिकृत वसन्तबाबु श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुुसार म्याद थपका लागि निर्माण कम्पनीले पटकपटक निवेदन पेस गरिरहेको छ । पछिल्लो पटक २०८० चैत ९ गते निवेदन पेस गरेको हो । सार्वजनिक खरिद ऐन २०६३ को १३औँ संशोधनको प्रावधानअनुसार म्याद थप गरिने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो ।
उहाँले भन्नुभयो, “सार्वजनिक खरिद ऐनको १३औँ संशोधनले म्याद थपको बाटो खुला गरिदिएकाले पुरानै निर्माण कम्पनीसँग म्याद थप गरेर काम अघि बढाउछौँ ।”
काँक्रेविहार क्षेत्रमा पयर्टकीय दृष्टिकोणलाई समेत मध्यनजर गर्दै अवलोकनका लागि आकर्षक डिजाइन देखिने गरी पर्खाल निर्माण गर्न लागिएको जनाइएको छ ।
उहाँका अनुसार काँक्रेविहार संरक्षण क्षेत्रको पश्चिम भागमा प्रमुख गेट बन्नेछ भने पूर्वमा आपत्कालीनद्वार (इमर्जेन्सी एक्जिट)) बन्ने भएको छ । अबको केही दिनमा काम अघि बढाइने कार्यालयले जनाएको छ ।
.चालु आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चासोका रूपमा पर्खाल निर्माण कार्यलाई लिइएको छ । मन्त्रालयका निमित्त सचिव राजेन्द्रकुमार वासुकलाले कम्पाउन्डिङ (पर्खाल) निर्माणका लागि बाटो खुला भएको बताउनुभयो ।
सार्वजनिक खरिद ऐनको नयाँ प्रावधानअनुसार पुरानै ठेक्काको म्याद थप गरेर काम अघि बढाउन सकिन्छ । सरकारले बजेट पनि विनियोजन गरिसकेको छ । काम अघि बढाउन डिभिजन वन कार्यालय सुर्खेतलाई भनिरहेको भन्दै उहाँले सबै प्रक्रिया पूरा भएकाले केही समयमा नै काम अघि बढ्ने जानकारी दिनुभयो ।
सरकारद्वारा जारी राजपत्रमा काँक्रेविहार संरक्षित वन क्षेत्रको क्षेत्रफल १७५ दशमलव पाँच हेक्टर छ । त्यस क्षेत्रको संरक्षणका लागि कम्पाउन्डिङ ९पर्खाल० निर्माण गर्न लागिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध पक्राउ पुर्जी जारी
- ठेक्कामा मिलेमतो गर्ने गाउँपालिका अध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- निजामती सेवा विधेयक राष्ट्रिय सभामा लुकाउन खोजिएको छः सांसद भुसाल
- कर्णाली राजमार्गमा ठूला सवारीसाधन सञ्चालनमा रोक
- रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरीका सई काठमाडौँ तानिए
- नागरिक उन्मुक्ति पार्टी सत्ताबाट अलग, प्रतिपक्षको भूमिकामा रहने निर्णय
- टहरामा सुतिरहेका दुई दिदीबहिनीको ढुंगा लागेर मृत्यु
- कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायीद्वारा राजधानीमा प्रदर्शन
- प्रधानमन्त्री ओली रियल म्याड्रिडको रंगशालामा
- मलाई स्पष्टीकरण सोधिएको छैन : रामकुमारी झाँक्री