
हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकामा शनिबारदेखि सिजन फ्लु फैलिनुका साथै बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
गाउँपालिकाको वडा नम्बर ५ र ६ मा सिजन फ्लुका बिरामीको अत्यधिक चाप बढेर उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको यहाँका स्वास्थ्यकर्मीले बताएका छन् । गाउँपालिकाको वडा नम्बर ६ मा पर्ने लमही गाउँबाट फैलिएको सिजनल फ्लु रोकथामका लागि लौठी स्वास्थ्य चौकीमार्फत शिविर सञ्चालन भएर सामान्य रुपमा नियन्त्रणमा आए पनि सोही वडाकै पाल्स, काँखे बारीगाउँ र करगही गाउँमा नयाँ बिरामी देखापरेको लौठी स्वास्थ्य चौकीका इन्चार्ज नवराज भण्डारीले बताउनुभयो ।
स्वास्थ्य चौकीमार्फत सञ्चालन भएको शिविरमा एक सय ४९ बिरामीको उपचार गरेको उहाँले बताउनुभयो । लमहीमा नियन्त्रणमा आए पनि अन्य बस्तीमा फैलिएको इन्चार्ज भण्डारीले बताउनुभयो । नियन्त्रणका लागि आफुहरु नियमित लागि पर्नुका साथै ओपिडीबाट सेवा दिइरहेको उहाँले जानकारी दिनुभयो ।
गाउँपालिकाको केन्द्र रहेको श्रीनगर स्वास्थ्य चौकीमा केही दिनयतादेखि बिरामीको चाप बढ्दै गए पनि एक स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् । अन्य स्वास्थ्यकर्मी तालिमका लागि स्वास्थ्य संस्था बाहिर रहेको श्रीनगर स्वास्थ्य चौकीका निमित्त इन्चार्ज प्रयोगलाल जैसीले बताउनुभयो ।
श्रीनगर स्वास्थ्य चौकीमा वडा नम्बर ५ र ६ बाट बिरामी उपचारका लागि आउने भएकाले चाप बढेको निमित्त इन्चार्ज जैसीले बताउनुभयो । एक दिनमा ५० देखि ८० बिरामी उपचारका लागि आउने गरेको उहाँले बताउनुभयो । दैनिक ठूलो सङ्ख्यामा बिरामीको स्वास्थ्य चौकीबाट उपचार भइरहेको उहाँको भनाइ छ ।
जैसीले भन्नुभयो– ‘अहिले स्वास्थ्य चौकीमा औषधि प्रयाप्त मात्रा छ, रोग फैलिए पनि रोग नियन्त्रका लागि गाउँपालिकाले औषधि सबै पुर्याएको छ ।’ अहिले औषधिको अभाव भने नभएको उहाँले बताउनुभयो । पालिकाभित्र रहेका अन्य स्वास्थ्य चौकीमा पनि औषधि पर्याप्त मात्रामा रहेको उहाँको भनाइ छ ।
श्रीनगर स्वास्थ्य चौकीमा उपचारका लागि आउने बिरामीलाई रोग अरुलाई सर्न सक्छ भनेर नियमित मास्कको प्रयोग गर्न जोड दिनुका साथै वितरणसमेत गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने