+

मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न सकिँदैन : उपसभामुख

काठमाडौँ । उपसभामुख इन्दिरा रानामगरले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताउनुभएको छ ।

विश्व सामाजिक सेवा दिवसका अवसरमा जिपी कोइराला मेरोरियल क्याम्पसको स्नातक तह समाज कार्य विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मनभित्र नराम्रो कुरा पालेर समाजसेवा गर्न नसकिने बताउनुभएको हो । “मैले सामाजिक सेवामा लागेको ३४ वर्ष भयो, आफँै बाँच्न गाह्रो हुने समयमा ट्युसन पढाएर बन्दीको सेवा गरेर सामाजिक सेवामा लागेको हुँ, सामाजिक सेवा भनेको राजनीति पनि हो, कर्तव्य पनि हो”, उहाँले भन्नुभयो । नाम कमाउनका लागि मात्रै सामाजिक सेवामा लाग्दा बीचमै हराइने उहाँको भनाइ छ ।

उपसभामुख रानामगरले हरेक धर्ममा सामाजिक सेवाभाव र अनुशासनको मार्गनिर्देशन हुने गरेकाले त्यो कडा अनुशासनलाई पालना गरेर सामाजिक भावमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । “कृष्णप्रसाद भट्टराई, सिके प्रसाइँ, निर्मल लामाले आफ्ना लागि कहिल्यै सोच्नु भएन, हामीहरु पनि निःस्वार्थ रुपमा सामाजिक कार्यमा लाग्न सक्नुपर्छ”, उहाँले भन्नुभयो । 

बागमती  प्रदेशसभा सदस्य मीना पोखरेल पराजुलीले दक्ष जनशक्ति, समाजसेवी व्यक्तित्वको सामाजिक परिचयलाई उजागर गर्दै नेपालमै रहने वातावरण तयार गर्न सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले देशको विकासका लागि आपसी मनमुटावलाई थाती राख्दै सबै दल मिलेर सहमति, सहकार्य र एकताको भावनाबाट क्रियाशील भएर लाग्नुपर्ने बताउनुभयो ।

जिपी कोइराला मेरोरियल क्याम्पसका प्रमुख शिवप्रसाद अधिकारीले नेपालको राजनीतिमा अग्रगामी भूमिका निर्वाह गर्ने शान्ति प्रक्रियाका नायक गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित क्याम्पसले छोटो समयमा दक्ष जनशक्ति निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

पत्रकार सम्मानित
विश्व सामाजिक सेवा दिवसको अवसरमा क्याम्पसले राष्ट्रिय समाचार समिति ९रासस०का बोर्ड सदस्य एवं समय सन्दर्भ पाक्षिकका सम्पादक डिल्लीराम भट्टराईसहितका पत्रकारलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा नागरिक दैनिकका रुवी रौनियार, नयाँ पत्रिका दैनिकका शिवहरि घिमिरे,  रासस ललितपुरका समाचारदाता माधवप्रसाद घिमिरे, दैनिकी न्यूजका सम्पादक रामहरि कार्की, रातोपाटी अनलाइनका कृष्णसिंह धामी, दक्ष खबरका सुजन तिमल्सिना लगायत पत्रकारलाई सम्मान गरिएको हो ।

पत्रकारिताका माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गरिएको क्याम्पस प्रमुख अधिकारीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै