
पोखरा । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेखनाथको बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता गरिने भएको छ ।
फागु पूर्णिमाको अवसर पारेर चैत ११ र १२ गते होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथ, पोखरा महानगरपालिका र डा«गन बोट सङ्घ गण्डकीले बेगनासतालमा प्रतियोगिता गर्न लागेका हुन् । प्रतियोगितामा १२–१६ समूहले सहभागिता जनाउने मंगलबार बेगनास ताल किनारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ड्रागन बोट सङ्घ गण्डकीका अध्यक्ष दीपक सुवेदीले जानकारी दिनुभयो ।
बेगनास तालमा ड्रागन बोट दौड प्रतियोगितासँगै लेखनाथ क्षेत्रका सात सालमा पाइने माछाको प्रदर्शन, स्थानीय वेशभूषा तथा झाँकी प्रदर्शन, नेपाल–चीन सम्बन्ध झल्कने वस्तु एवं परिकार, पर्यटकीय स्थानको प्रचारप्रसार, मनोरञ्जनात्मक साङ्गीतिक कार्यक्रम गरिने जानकारी होटल तथा रेष्टुरेन्ट एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्न ४५ लाख रुपैयाँ खर्च हुने र ४० लाख सहयोग जुटेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको छ । प्रतियोगिता सम्पन्न गर्न नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले २० लाख र बाँकी रकम विभिन्न सङ्घसंस्थाबाट जुटाइने जानकारी कँडेलले दिनुभयो ।
सात तालको बगैँचा सहर लेखनाथका तालमा स्वदेशी तथा विदेशी पर्यटकको सङ्ख्या न्यून हुँदै गएपछि बेगनास तालमा यस्तो प्रतियोगिता गरी पर्यटक प्रवद्र्धन गर्न लागिएको हो । प्रतियोगिताको ८० प्रतिशत तयारी पूरा भएको जानकारी आयोजक संस्थाले दिएका छन् ।
ड्रागन बोट दौड प्रतियोगिता पाँच सय र दुई सय मिटर दूरीमा खेलाइने छ । प्रतियोगितामा प्रथम हुनेलाई ३ लाख रुपैयाँसहित सम्मानपत्रद्वारा पुरस्कृत गरिने छ । द्वितीय दुई लाख, तृतीय एक लाख र सान्त्वना ५० हजार रुपैयाँ सहित सम्मान पत्रद्वारा पुरस्कृत हुने छन् । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख नवीन पोखरेलले खेललाई पर्यटनसँग जोड्न सकेमा यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै पर्यटन बोर्डले बेगनास र लेखनाथ क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न यस वर्ष रु ४५ लाख छुट्याएको जानकारी दिनुभयो । यस क्षेत्रका बासिन्दाले जति धेरै पर्यटन प्रवद्र्धनका गतिविधि बढायो त्यति नै धेरै पर्यटन आउने र आर्थिक चलायमान हुने विश्वास पोखरेलले दिलाउनुभयो ।
महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बेगनास तालमा पर्यटकको सङ्ख्या वृद्धि गर्न व्यवस्थित पार्क, आधुनिक शौचालय, पर्यटकलाई सहजै रुपमा आफ्ना गसतिविधि र डुङ्गा शयर गर्ने व्यवस्था मिलाइने बताउनुभयो । बेगनास तालमा तीन सय ३१ डुङ्गा छन् भने तालमा पर्यटक आकर्षित गर्न गत साउनदेखि ‘मोटरबोट’ सञ्चालनमा ल्याइएको छ ।
प्रकृतिले सिँगारेको यो ताल यहाँको मुख्य आकर्षण हो । धार्मिक महिमा बोकेको ताल बराह यहीँ पर्छ । ऐतिहासिक कोत मन्दिरले पनि बेगनासको महत्व बढाएका छन् । बेगनास नजिकै रुपा, दिपाङ, खास्टे, गुँदे, न्यूरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमी र तालचोकदेखि साढे तीन किमी यात्रापछि बेगनास ताल पुग्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कहाँबाट ल्याएर लुकाए ४ करोड ? घरधनी पक्राउ
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- प्रधानमन्त्री ओलीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने
- प्रधानमन्त्री ओलीद्वारा एससीओ शिखर सम्मेलनमा सम्बोधन
- प्रधानमन्त्री ओली र मोदीबीच चीनमा भेटवार्ता
- प्रधानमन्त्री ओलीले चीन भ्रमणमा लिम्पियाधुरा र लिपुलेक मुद्दा उठाउने